के फोनलाई लामो समय चार्ज गर्दा ब्याट्री बिग्रिन्छ? एप्पल, गुगल र सामसङको स्पष्ट जवाफ
काठमाडौँ
पहिलाका स्मार्टफोनमा रातभर चार्जमा राख्दा ब्याट्री बिग्रिने जोखिम हुने भएकाले त्यस्ता सुझाव दिइन्थ्यो। तर आधुनिक स्मार्टफोनमा ओभरचार्जिङ रोक्ने सुरक्षा प्रणाली जडान भइसकेकाले अब लगातार चार्ज राख्दा ब्याट्री नष्ट हुँदैन भन्ने कम्पनीहरूको भनाइ छ।
प्रविधि म्यागजिन CNET सँग एप्पल, गुगल र सामसङका विज्ञहरूले भने अनुसार, आधुनिक फोनहरूमा स्मार्ट चार्जिङ प्रणाली हुन्छ, जसले ब्याट्री पूरा भएपछि पावर आपूर्ति रोक्छ वा नियन्त्रित गर्छ। यसले पुराना मोडलमा देखिने ओभरचार्जिङसम्बन्धी समस्या हटाइसकेको छ।
यद्यपि, ब्याट्री नष्ट हुँदैन भन्ने अर्थ चार्जिङले कुनै असर नै गर्दैन भन्ने होइन। ब्याट्री समयसँगै स्वाभाविक रूपमा कमजोर हुँदै जान्छ, र तपाईँले कसरी चार्ज गर्नुहुन्छ भन्ने कुराले यसको आयु निर्धारण गर्छ।
ब्याट्री बिग्रिने मुख्य कारण : ताप
विशेषज्ञहरूले बताउँछन्:
- फोनलाई निरन्तर १००% मा राख्दा भोल्टेज स्ट्रेस हुन्छ।
- तर सबैभन्दा ठूलो समस्या ‘ताप’ हो।
- फोन चार्ज हुँदै गर्दा गेम खेल्दा, स्ट्रिमिङ गर्दा वा भारी एप चलाउँदा ताप एकदम बढ्छ, जसले ब्याट्री छिटो खिइन्छ।
एप्पलको सुझाव
एप्पलले लिथियम-आयन ब्याट्रीलाई ‘कन्जुमेबल कम्पोनेन्ट’ भनेर वर्णन गर्छ— समयसँगै घट्दै जाने कुरा सामान्य हो।
आईफोनमा रहेको Optimized Battery Charging ले दैनिक बानी पहिचान गरेर चार्जलाई ८०% मा रोकिदिन्छ र आवश्यक पर्दा मात्र १००% बनाउँछ।
एप्पलले:
- फोनलाई ०–३५°C को बीचमा राख्न,
- धेरै तातो हुँदा फोनको केस हटाउन सुझाव दिएको छ।
सामसङ र अन्य एन्ड्रोइड निर्माताको सुझाव
सामसङको Battery Protect सक्रिय गरेमा चार्ज ८५% मा सीमित राखिन्छ, जसले ब्याट्रीको तनाव घटाउँछ।
गुगल, वनप्लस, साओमीलगायतमा पनि Adaptive Charging वा Battery Care जस्ता सुविधा छन्, जसले प्रयोगकर्ताको बानीका आधारमा चार्ज नियन्त्रण गर्छ।
कुन अवस्थामा ब्याट्री छिटो बिग्रन्छ?
- तातो ठाउँमा फोन चार्ज गर्दा
- सिरानीमुनि, गाडीमा वा घाममा राखेर चार्ज गर्दा
- गेम खेल्दै वा हेभी एप चलाउँदै चार्ज गर्दा
- सस्तो वा नक्ली चार्जर/केबुल प्रयोग गर्दा
- धेरै वर्ष पुराना ब्याट्रीमा ताप र भोल्टेजको प्रभाव अझ बढी देखिन्छ
ब्याट्री जोगाउने सरल उपायहरू
- फोनमा उपलब्ध बिल्ट-इन ब्याट्री अप्टिमाइजेशन ऑन गर्ने
- चार्ज गर्दा फोनलाई चिसो राख्ने
- १६–२२°C बीचको तापक्रममा फोन राम्रो काम गर्छ
- फोनलाई ०% वा १००% मा पुग्न नदिने
- रातभर वायरलेस चार्जिङबाट जोगिने
- केवल ब्रान्डेड वा प्रमाणित चार्जर/केबुल प्रयोग गर्ने
विशेषज्ञहरूको निष्कर्ष:
फोन रातभर चार्ज गर्नुस्, समस्या हुँदैन तर तापबाट बचाउनुहोस्।
ब्याट्रीका लागि २०% देखि ८०% बीचको चार्ज स्तर सबैभन्दा सुरक्षित मानिन्छ।
Share this content:
Post Comment