Loading Now

सयौं कर्मचारी कटौती गर्दै लिङ्क्डइन

माइक्रोसफ्टको स्वामित्वमा रहेको व्यावसायिक सामाजिक सञ्जाल लिङ्क्डइन (LinkedIn) ले हालै सयौं कर्मचारी घटाउने निर्णय गरेको छ। कम्पनीले आफ्नै ब्लगमार्फत जानकारी दिँदै विश्वभरका विभिन्न शाखा तथा समूहमा कार्यरत ६६८ कर्मचारीलाई करार समाप्त गर्ने योजना सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार हालको अर्थतन्त्रमा आएको सुस्त गति, विज्ञापन बजारमा देखिएको कमी, र व्यवसायिक प्राथमिकता पुनर्संरचना गर्ने रणनीतिक कारणले यस्तो कदम चालिएको हो। लिङ्क्डइनले विश्वभरका कार्यालयहरूमा लागत घटाउने नीति अवलम्बन गर्दै केही प्राविधिक तथा भर्तीसम्बन्धी विभागमा कर्मचारी कटौती गर्ने जनाएको छ।

कम्पनीको आधिकारिक विज्ञप्तिमा भनिएको छ — “हाम्रो मुख्य उद्देश्य दीर्घकालीन टिकाउ विकास हो। त्यसका लागि हामीले केही कठिन निर्णयहरू लिनुपरेको छ।”

लिङ्क्डइनले अघिल्ला वर्षहरूमा पनि आन्तरिक पुनर्संरचना र बजार समायोजनका कारण केही कर्मचारी कटौती गरेको थियो। तर यसपटकको कटौती संख्या पछिल्ला वर्षहरूमा गरिएको सबैभन्दा ठूलो हो।

कम्पनीले प्रभावित कर्मचारीहरूलाई नयाँ रोजगारी खोज्न सहयोग गर्ने, क्षतिपूर्ति (compensation) प्रदान गर्ने र मानसिक स्वास्थ्य सहायता उपलब्ध गराउने बताएको छ।

यससँगै, माइक्रोसफ्ट समूहले आफ्ना अन्य शाखा—जस्तै गेमिङ र क्लाउड सेवा क्षेत्रहरूमा पनि खर्च नियन्त्रणका प्रयास तीव्र पारेको बताइएको छ।

लिङ्क्डइनले हाल विश्वभर ९० करोडभन्दा बढी प्रयोगकर्ता भएका दाबी गर्दै आएको छ। तर विज्ञापन बजारमा घट्दो आम्दानीका कारण कम्पनीले आगामी महिनाहरूमा नयाँ प्रविधि र कृत्रिम बुद्घिमत्ता (AI) आधारित सेवा विस्तारमा ध्यान केन्द्रित गर्ने जनाएको छ।

linkedin-registered-in-nepal-techpana_7wSUqjQIjF सयौं कर्मचारी कटौती गर्दै लिङ्क्डइन

Share this content:

Post Comment