Loading Now

चीनको मेडिकल टिमले 5G प्रविधि प्रयोग गरेर 4000 किलोमिटर टाढाबाट आँखाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ।

चीनमा ५जी प्रविधिको प्रयोग गर्दै करिब चार हजार किलोमिटर टाढाबाट आँखाको सफल शल्यक्रिया गरिएको छ। ग्वाङझाउका चिकित्सकले उरुम्कीस्थित बिरामीको आँखामा रोबोटमार्फत सटीक उपचार गरेका हुन्। सात मिनेटमै सम्पन्न यो सर्जरीले दुर्गम क्षेत्र र विकसित शहरबीचको स्वास्थ्य सेवा खाडल घटाउने दिशामा ठूलो फड्को मानेको छ। विशेषज्ञहरूले यसलाई टाढाबाट आँखाको उपचार सम्भव हुने नयाँ युगको सुरुवातका रूपमा व्याख्या गरेका छन्।

Share this content:

Post Comment