औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप कर्जाका लागि आवेदन आव्हान
औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (IBDI) ले स्टार्टअप कर्जाका लागि आवेदन मागेको छ। बुधबार प्रकाशित सूचनामा प्रतिष्ठानले २१ दिन भित्र आवेदन दिने अपेक्षासहित कर्जा आवेदन प्रक्रिया आरम्भ गरेको जानकारी दिएको छ। यो कदम सरकारी योजनाअनुसार, विभिन्न महत्वपूर्ण क्षेत्रहरूमा उद्यमिता र नवाचारलाई प्रवर्धन गर्ने उद्देश्यले उठाइएको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले “स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८२ (पहिलो संशोधन सहित)” जारी गर्दै कर्जा आवेदनका लागि पाँच प्रमुख क्षेत्र तोकेको छ:
१. कृषि, वन तथा उत्पादनमूलक क्षेत्र
२. सूचना प्रविधि र डिजिटल क्षेत्र
३. पूर्वाधार र यातायात क्षेत्र
४. सामाजिक सेवा र पर्यटन क्षेत्र
५. परम्परागत र स्थानीय स्रोतमा आधारित स्टार्टअप क्षेत्र
प्रतिष्ठानले आधुनिक सोच, सीप, र क्षमता भएका स्टार्टअपलाई कर्जा प्राप्त गर्नका लागि आवेदन दिन आग्रह गरेको छ। यो कर्जा योजना स्टार्टअपहरूको आर्थिक समृद्धि र विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले लागू गरिएको हो।
आवेदनकर्ताहरूले अनलाइन वा प्रतिष्ठानको प्रमुख कार्यालयमा गएर आवेदन दिन सक्नेछन्। प्रतिष्ठानले आवेदन प्रक्रिया सरल र पारदर्शी बनाउन सबै आवश्यक कागजात र मापदण्डका बारेमा स्पष्ट जानकारी उपलब्ध गराउने जनाएको छ।
यस कदमले नेपालको उद्यमिता क्षेत्रलाई थप सशक्त बनाउन र युवापुस्तामा नयाँ सोचको प्रवर्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षासहित, स्टार्टअप कर्जाको यो पहल समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पुर्याउने विश्वास व्यक्त गरिएको छ।

Share this content:
Post Comment